दफा २०क
आखेटोपहार प्रयोग गर्न दिन वा नष्ट गर्न सकिने
: (१) प्राकृतिक वा अन्य कारणबाट मृत्यु भएका वन्यजन्तुबाट सड्घलन गरिएको वा प्रचलित कानून बमोजिम जफत गरिएको आखेटोपहार नेपाल सरकारले शैक्षिक वा अनुसन्धान संस्थालाई शैक्षिक वा अनुसन्धान प्रयोजनको लागि प्रयोग गर्न दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम सब्घलन वा जफत गरिएको आखेटोपहार प्राकृतिक विज्ञान सङ्ग्रहालयमा प्रदर्शनीको लागि राख सकिनेछ ।

(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि संरक्षण गर्न उपयोगी र आवश्यक नदेखिएको आखेटोपहार नेपाल सरकारले नष्ट गर्न सक्नेछ ।

(४) यस दफा बमोजिम आखेटोपहार प्रयोग गर्न दिने वा नष्ट गर्ने सम्बन्धी अन्य

व्यवस्था तोकिए बमोजिम हुनेछ।